चिप्लेढुङ्गामा एकाबिहानै बसले हानेर दिक्षाको ‘स्पट डेथ’

पाेखरा | चैत ३, २०७९

चिप्लेढुङ्गामा एकाबिहानै बसले हानेर दिक्षाको ‘स्पट डेथ’ PHOTO: RUDRA PARAJULI

पोखरा:  पोखरा चिप्लेढुङ्गामा आज बिहान नगरबसले स्कुटरलाई ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ । 

 

मृत्यु हुनेमा झापा जिल्ला दमक ४ स्थायी घर भई हाल पोखरा महानगरपालिका ५ पस्र्याङ बस्दै आएकी २४ वर्षीय दिक्षा कार्की रहेकी छिन् ।

 

उनको घटनास्थलमै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीका अनुसार आज बिहान ७ः १० बजे सिद्धार्थ चोकबाट चिप्लेढुङ्गातर्फ आउँदै गरेको ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

 

अहिले ठक्कर दिएको बस र चालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्